१ भदौ २०८३, सोमबार | August 17, 2026

लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत

विश्वासको मत दिएर विपक्षी बेञ्चमा बस्न आह्वान



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत मागेका छन् ।

सोमबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशको समग्र विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने बताए ।

मुख्यमन्त्री आचार्यले कांग्रेससँगको सहकार्यमा दुई वर्ष पाँच दिन सरकार सञ्चालन गरेको उल्लेख गर्दै लुम्बिनीको उन्नति र समृद्धिका लागि एउटै सोच र उद्देश्यका साथ अघि बढेको बताए । कांग्रेसले साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संयुक्त सरकारलाई निरन्तरता दिने विषयमा विभिन्न प्रयास गरिएको उनले जानकारी दिए ।

‘लुम्बिनी प्रदेशको विकासका लागि फराकिलो छाती बनाएर अघि बढ्ने प्रयास गरेका छौं’, उनले भने ।

मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि सत्तापक्षसँगै प्रतिपक्षमा रहेका दलका सांसदहरूसँग समेत मत मागेका छन् । मत दिएर पनि विपक्षी बेञ्चमा बसेर संसदीय परम्परा कायम गर्न सकिने उल्लेख गर्दै उनले राजनीतिक आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर प्रदेशको हितमा निर्णय गर्न आग्रह गरे ।

उनले लुम्बिनी प्रदेशबाट राजनीतिक सहकार्य र सकारात्मक सन्देश दिन सबै दललाई आग्रह गरे। प्रदेशको विकास, स्थायित्व र समृद्धिका लागि विश्वासको मत दिन अपिल गर्दै मुख्यमन्त्री आचार्यले सबै राजनीतिक दललाई फराकिलो सोचका साथ अघि बढ्न आग्रह गरे ।

‘लुम्बिनीबाट नयाँ सन्देश दिनुपर्छ । विकास र समृद्धिका लागि हामी सबै एक ठाउँमा उभिनुपर्छ’, उनले भने । बैठकमा मुख्यमन्त्री आचार्यले रोल्पामा साउन २७ देखि ३१ गतेसम्म भएको अविरल वर्षाका कारण पहिरोमा पुरिएर ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

उनले रोल्पा जिल्ला शोकमा रहेको उल्लेख गर्दै प्रदेश सरकारले पीडित परिवारलाई राहत र पुनर्स्थापनामा कुनै कमी हुन नदिएको बताए ।

उनले नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता जोखबहादुर महरा र एमाले प्रमुख सचेतक यमुना रोका तामाङलगायत जनप्रतिनिधि घटनास्थलमा पुगेर उद्धार तथा राहतमा सक्रिय भएको जानकारी दिए ।

अवरुद्ध सडक सञ्चालन गर्ने, पुल तथा अन्य पूर्वाधारको संरक्षण गर्ने र प्रभावित क्षेत्रको पुनर्स्थापनाको काम अघि बढिरहेको उनले बताए ।

मुख्यमन्त्री आचार्यले पश्चिम नवलपरासीको सुस्तामा भइरहेको नदी कटान नियन्त्रणका लागि प्रदेश सरकार सक्रिय रहेको पनि बताए। ‘प्राणभन्दा प्यारो भूमि सुस्तामा भइरहेको कटान नियन्त्रणका लागि हामी सक्रिय छौं’, उनले भने ।

उनले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षणका लागि सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने बताए ।

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  २ : ०८ बजे

विश्वासको मत नपाउने भएपछि बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका

लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत

सभापति रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ

संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधि

भारतीय सेना प्रमुख सेठ र प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेट

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधान