२ भदौ २०८३, मंगलबार | August 18, 2026

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ



काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने (ठगी) कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ परेका चारजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

वित्तीय संस्था, डिजिटल वालेट जस्तैः इसेवा वा टेलिकम सेवाहरूमा आफ्ना व्यक्तिगत विवरण अद्यावधिक (नवीकरण) गर्ने कामलाई प्रक्रिया हो। ग्राहकको पहिचान पुष्टि गर्न र सुरक्षाका लागि समयसमयमा यो अपडेट गर्नुपर्ने हुन्छ।

पक्राउ पर्नेहरूमा बाराको देउताल गाउँपालिका-४ बस्ने २२ वर्षीय अभय तिवारी, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१६ बस्ने २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका-१७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका-३ बस्ने २७ वर्षीय कुवेर थापा पक्राउ परेका केन्द्रीय समाचार कक्षले जनाएको छ ।

‘बैंकबाट बोलेको हुँ, केवाइसी अपडेट गर्नुपर्‍यो’ भन्दै पछिल्लो समयमा बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा ह्वाट्स एपमा फोनमार्फत ‘स्क्रिन सेयर’ गर्न लगाई ओटिपी कोड (खाताको सुरक्षाका लागि मोबाइलमा आउने एकपटक मात्र प्रयोग गर्न मिल्ने छ वा चार अङ्कको गोप्य नम्बर) प्राप्त गरी अथवा ओटिपी कोड माग गरी कर्मचारीको खातामा पहुँच पुर्‍याई खातामा रहेको रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने कार्यमा संलग्न निजहरूलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा चितवनबाट पक्राउ गरेको हो ।

निजहरूउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको अनधिकृत पहुँच र विद्युतीय माध्यम सम्बन्धी ठगी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  ९ : १७ बजे

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का

कांग्रेस १५औँ महाधिवेशन : वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यु नियन्त्रण गर्नुहोस् : वर्षमान पुन

काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति