३ भदौ २०८३, बुधबार | August 19, 2026

बागमतीमा राप्रपाको समर्थन पाएपछि मुख्यमन्त्रीमा किरण थापामगरको दाबी



हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का किरण थापामगरले दाबी पेस गरेका छन्।

एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा थापाले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

एमाले–नेकपा गठबन्धनबीच भएको भागबण्डाअनुसार बागमती प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो। एमालेले मंगलबार थापामगरलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

थापामगरले एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी कुल ६३ सांसदको समर्थनमा सरकार गठनको दाबी पेस गरेका हुन्। दाबी पेस गर्ने क्रममा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा नेता उद्धव थापा र नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समर्थन पत्रमा हस्ताक्षर गरेका छन्।

कसैलाई समर्थन नगर्ने बताउँदै आएको राप्रपाले अन्तिममा थापालाई समर्थन गरेपछि सरकार गठनको बाटो खुलेको हो । १०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि बहुमतका लागि ५३ सांसद आवश्यक पर्छ। राप्रपाको समर्थनसँगै थापामगरको पक्षमा आवश्यक बहुमतभन्दा १० सांसद बढीको समर्थन जुटेको छ।

यसअघि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए। दाबी पेस गर्ने समय भदौ ४ गते अपराह्न ४ बजेसम्म तोकिएको छ।

 

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  १ : ३३ बजे

चार महिनामा ११ हजार सरकारी कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं । भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ

गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा

गण्डकी । भारतका स्थलसेनाध्यक्ष धीरज सेठले भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक

बागमतीमा राप्रपाको समर्थन पाएपछि मुख्यमन्त्रीमा किरण थापामगरको दाबी

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का किरण थापामगरले दाबी

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा ढुण्डीराज पौडेल