७ भदौ २०८३, आइतबार | August 23, 2026

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश



दमौली । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् ।

तनहुँ जिल्ला अदालत बार एकाइले आज दमौलीमा आयोजना गरेको स्वागत कार्यक्रममा उनले बार र बेञ्चबीचको सहकार्यबाट मात्रै प्रभावकारी न्यायिक निरूपण सम्भव हुने बताए ।

उनले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे। न्याय सम्पादनलाई प्रभावकारी र जनमैत्री बनाउन न्यायालयसँग सम्बन्धित सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहने उनले उल्लेख गरे ।

प्रधानन्यायाधीश शर्माले न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न न्याय सम्पादनको प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । न्याय माग्न अदालत पुग्ने नागरिकले समयमै न्याय पाउने वातावरण निर्माण गर्नु न्याय क्षेत्रसँग सम्बन्धित सबैको साझा दायित्व भएको उनको भनाइ थियो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले न्यायालयप्रति नागरिकको विश्वास अझ बलियो बनाउन न्याय सम्पादनमा प्रभावकारिता र सहजता आवश्यक रहेको धारणा राखे । वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले न्यायपालिकाको गरिमा र स्वतन्त्रता कायम राख्न बार र बेञ्चबीच निरन्तर संवाद र सहकार्य हुनुपर्ने बताए ।

प्रकाशित मिति : ७ भदौ २०८३, आइतबार  २ : ३८ बजे

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिँदा कम्युनिष्ट आन्दोलन कमजोर भयो : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक : उर्जामन्त्री श्रेष्ठ

मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश

दमौली । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण

सभापति लामिछानेको चीन भ्रमण स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको