१५ भदौ २०८३, सोमबार | August 31, 2026

बहराइनमाथि ७ विकेटको शानदार जित, नेपालले गर्‍यो विजयी सुरुवात



काठमाडौं । एसीसी पुरुष प्रिमियर कप २०२६ मा नेपालले विजयी सुरुवात गरेको छ । समूह ‘ए’अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमै ३ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर अर्जुन कुमालले अविजित ३६ रनको योगदान दिए । रोहित पौडेलले १४ बलमा १९ रन बनाए भने आसिफ शेखले पनि १९ रन जोडे ।

यसअघि टस जितेर ब्याटिङ गरेको बहराइन नेपाली बलरसामु निरीह देखिएको थियो । बहराइन ३६।२ ओभरमा ८७ रनमै अलआउट भयो । फियाज अहमदले सर्वाधिक १५ रन बनाउँदा मुहम्मद वासिमले १३ तथा अलि दाउदले १० रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् ।

नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा चार मेडनसहित १४ रन खर्चिएर ५ विकेट लिए । ललित राजबंशीले ३ तथा करण केसीले २ विकेट हात पारे ।

कप्तान लामिछानेको घातक बलिङ र त्यसपछि ब्याट्सम्यानको सहज प्रदर्शनसँगै नेपालले बहराइनविरुद्ध फराकिलो जित निकाल्दै प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको छ ।

खेल बङ्गीस्थित वाईएसडी युकेएम क्रिकेट मैदानमा भएको हो ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  १२ : १४ बजे

Indian Defence Minister Visits Nepal Embassy, Expresses Solidarity Over Flood Tragedy

New Delhi. Indian Defence Minister Rajnath Singh visited the Embassy

नेपालको दुःखमा भारतको साथ : दूतावास पुगेर भारतीय रक्षामन्त्री सिंहले दिए समवेदना

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँ । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास

भोटेकोशी बाढी : सुरुङ इलाकामा खोज, उद्धार तीव्र

काठमाडौँ । भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको

रसुवागढी सुरुङमा मान्छे फसेको भेटिएन

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका