१५ भदौ २०८३, सोमबार | August 31, 2026

‘दौडिन्छिन् हजुरआमा’ स्थगित



नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम स्थगित गरिएको छ । भोटेकोशी बाढीबाट उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै आयोजना गर्ने तयारी पूरा गरिएको ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम अन्तिममा आएर स्थगित गरिएको हो ।

दैनिक नेपालगन्जको प्रकाशन संस्था सम्यक मिडिया हबले ‘द गोल्डन ग्राण्डमा’ अन्तर्गत आयोजना गर्न लागेको कार्यक्रमको पूर्व तयारी करिब पूरा भइसकेको भएपनि देशका विभिन्न क्षेत्रमा विपद्का कारण नागरिक प्रभावित भइरहेका बेला कार्यक्रमलाई निरन्तरता दिनुभन्दा राहत तथा उद्धारका प्रयासमा साथ दिनुपर्ने निष्कर्षसहित तत्कालका लागि सबै कार्यक्रम स्थगित गरिएको कार्यक्रम संयोजक सजल गैरेले बताइन् ।

आयोजकको तर्फबाट भोटेकोशी बाढी तथा त्यसबाट सिर्जित विपद्का कारण प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गैरेले अहिलेको समय सबै मिलेर सरकारलाई सहयोग गर्ने बेला भएको जनाइन् । उद्धार, राहत र पुनःस्थापनाका लागि राज्यले गरिरहेका प्रयासमा नागरिक, निजी क्षेत्र तथा संघसंस्थाले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा आयोजकले जोड दिएको छ ।

‘यो बेला हामी सबै मिलेर सरकारलाई सघाऔं,’ आयोजकको तर्फबाट संयोजक गैरेले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘भोटेकोशी बाढी र त्यसले उत्पन्न गरेको विपद्का कारण भदौ २१ गते आयोजना गरिने गरी पूर्व तयारी करिब पूरा भएको ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम हाललाई अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराउँछौं ।’

ज्येष्ठ नागरिक महिलाको सक्रियता, स्वास्थ्य, आत्मविश्वास र सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले ‘द गोल्डन ग्राण्डमा’ अभियानको दोस्रो सृङ्खला अघि बढाइएको थियो । यसअन्तर्गत ‘दौडिन्छिन् हजुरआमा’ र ‘भन्छिन् हजुरआमा’ जस्ता कार्यक्रम हुँदै आएका छन् । अभियानले फरक पुस्ताबीच अनुभव र संवाद आदानप्रदानको वातावरण निर्माण गर्ने उद्देश्यसमेत राखेको छ ।

परिस्थितिको समीक्षा तथा आगामी अवस्थाका आधारमा अर्को मिति र अर्को निर्णय गरिने आयोजकले जनाएको छ । ‘यसबारे फेरि हामी जानकारी दिनेनै छौं,’ कार्यक्रम संयोजक गैरेले भनिन् ।

कार्यक्रम स्थगित गर्नुअघि आयोजकले आइतवार सरोकारवालासहितको परामर्श बैठक राखेको थियो । सोही बैठकको सुझावका आधारमा सोमवार बसेको आयोजक समितिको बैठकले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको संयोजक गैरेले जानकारी दिइन् ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  १० : २५ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,