१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या



काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या भएको छ।

मकालु गाउँपालिका–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा कार्यरत ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

सङ्खुवासभाका प्रहरी प्रमुख डीएसपी कुमारप्रसाद मैनालीका अनुसार राईलाई बिहीबार साँझ करिब ७ बजे नजिकैबाट गोली प्रहार गरिएको थियो। गोली लागेर गम्भीर घाइते भएका राईको घटनास्थलमै मृत्यु भएको हो। उनको देब्रे कोखमा गोली लागेको प्रहरीले जनाएको छ।

घटनामा भरुवा बन्दुक प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी मैनालीले बताए।

सदरमुकामबाट करिब १० घण्टाको दूरीमा रहेको घटनास्थलमा इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली पुगेको छ। डीएसपी मैनाली पनि घटनास्थलतर्फ जाँदै छन्।

विद्यालय परिसरमा भेटिएको राईको शव प्रहरीले मुचुल्का तयार गरी पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरेको छ।

घटनामा संलग्न व्यक्तिको पहिचान तथा हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ११ : ०९ बजे

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या