२५ भदौ २०८३, बिहिबार | September 10, 2026

दीपेन्द्रको अर्धशतकमा ओमानलाई १४८ रनको लक्ष्य



काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा ओमानसामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियास्थित बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल बनाएको हो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए। उनले ७६ बलको सामना गर्दै चार चौका प्रहार गरे। बसिर अहमदले ४७ रनको योगदान दिए भने देव खनालले १३ र आसिफ शेखले ११ रन बनाए।

नेपालको इनिङ्स उकास्ने क्रममा दीपेन्द्र र बसिरले पाँचौँ विकेटका लागि महत्वपूर्ण ९३ रनको साझेदारी गरेका थिए। उनीहरूको साझेदारीले कमजोर अवस्थामा पुगेको नेपालको स्कोरलाई सम्मानजनक योगफलतर्फ अघि बढाएको थियो।

ओमानका बलरमध्ये हसनैन शाह र जय ओडेदराले तीन–तीन विकेट लिए। मोहम्मद इमरानले दुई तथा मुजिबर अली र सकिल अहमदले एक–एक विकेट हात पारे।

अब ओमानले १४८ रनको लक्ष्य पछ्याउँदै फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  १० : ३६ बजे

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको

गृहमन्त्री गुरुङको पत्रकारलाई धम्कीप्रति अधिकारकर्मीको आपत्ति

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूप्रति दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति मानव

बाढी प्रभावित क्षेत्रको राहत र पुनर्स्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को

दीपेन्द्रको अर्धशतकमा ओमानलाई १४८ रनको लक्ष्य

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कप

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

कपिलवस्तु । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि