२७ भदौ २०८३, शनिबार | September 12, 2026

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य



काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच प्रतिस्पर्धा भइरहेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी फाइनलमा नेपालले यूएईसामु ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रनको बलियो योगफल तयार पारेको हो ।

नेपालको इनिङ्समा ओपनर आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेले । १०६ बलको सामना गरेका आसिफले ८ चौका र ४ छक्काको मद्दतमा १०२ रन बनाए । यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० करियरको दोस्रो शतक हो ।

आसिफले पहिलो विकेटका लागि अर्जुन कुमालसँग ९७ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्सलाई बलियो सुरुआत दिलाएका थिए । त्यसपछि उनले इशान पाण्डेसँग दोस्रो विकेटका लागि ३६ तथा कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे ।

नेपालका लागि गुल्शन झाले आक्रामक अर्धशतकीय पारी खेले । उनले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए । अर्जुन कुमालले ४३ तथा रोहित पौडेलले ४० रन जोडे ।

यस्तै, दीपेन्द्रसिंह ऐरीले १८ र बसिर अहमदले अविजित १५ रन बनाए । नेपालको मध्यक्रम र तल्लो क्रमका ब्याटरले महत्वपूर्ण योगदान गरेपछि नेपालले ३१३ रनको चुनौतीपूर्ण स्कोर बनाउन सफल भयो ।

यूएईका लागि इबरार अहमदले सर्वाधिक चार विकेट लिए । खुजैमा बिन तनभिरले दुई तथा हैदर अली र अदीब उस्मानीले समान एक–एक विकेट लिए ।

यो फाइनल खेलको नतिजा नेपालका लागि निकै महत्वपूर्ण छ । फाइनल जित्न सके नेपाल सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपका लागि छनोट हुनेछ । त्यसैले उपाधिका साथै एसिया कपमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित नेपाल यूएईविरुद्ध मैदानमा उत्रिएको हो ।

प्रकाशित मिति : २७ भदौ २०८३, शनिबार  ११ : ३३ बजे

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको