२९ भदौ २०८३, सोमबार | September 14, 2026

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो



गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला सम्पर्कविहीन भएकी छन्। मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको सिमानामा पर्ने निस्ती खोला तर्ने क्रममा उनलाई बाढीले बगाएको हो।

सम्पर्कविहीन हुनेमा मुसिकोट नगरपालिका, इन्द्रेगौँडाकी २९ वर्षीया कल्पना पुन रहेकी छन्। उनी इस्मा गाउँपालिका–४ हुलस्थित माइत जाँदै गर्दा आइतबार साँझ दुर्घटनामा परेकी हुन्।

घटनाको जानकारी पाउनासाथ प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

हाल इस्मा प्रहरी चौकी र पौंदीअमराईबाट प्रहरी टोली खटिएर निरन्तर खोजी गरिरहेको छ। प्रहरीका अनुसार सोमबार बिहान साढे १० बजेसम्म पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  १ : २५ बजे

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला