८ आश्विन २०८३, बिहिबार | September 24, 2026

अविरल वर्षाको जोखिमपछि बुटवलका विद्यालय दुई दिन बन्द



बुटवल । सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ ।

बुटवल उपमहानगरपालिकाले नगर प्रमुखस्तरीय निर्णयबाट २०८३ असोज ८ गते दिवा सत्रका कक्षा र असोज ९ गते बिहानी तथा दिवा दुवै सत्रका कक्षा बन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाले जारी गरेको सूचनामा सम्भावित अविरल वर्षाका कारण हुन सक्ने बाढी तथा डुबानको उच्च जोखिमलाई ध्यानमा राख्दै विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको जनाएको छ । निर्णयअनुसार असोज ८ गते नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका दिवा सत्रका कक्षा सञ्चालन हुने छैनन् । यस्तै, असोज ९ गते भने बिहानी र दिवा दुवै सत्रका कक्षा बन्द रहनेछन् ।

उपमहानगरपालिकाले बाढी तथा प्राकृतिक विपद्को जोखिमयुक्त समयमा आफ्ना बालबालिकालाई सुरक्षित राख्न अभिभावकलाई आग्रह गरेको छ । साथै बालबालिकालाई खोला किनार तथा अन्य जोखिमपूर्ण क्षेत्रमा जान नदिन र सम्भावित विपद्बाट जोगिन उच्च सतर्कता अपनाउन अभिभावक तथा विद्यालय परिवारलाई अनुरोध गरेको छ ।

उपमहानगरपालिकाले विद्यालय बन्दसम्बन्धी निर्णय कार्यान्वयन गर्न नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई जानकारी गराएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ९ : ०७ बजे

५९ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । वर्षासँगै देशका विभिन्न जिल्लामा आज (असोज ८ गते)

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

काठमाडौँ । अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान

भोटेकोशी बाढी : १४५३ जनाको शव फेला, १३३३ वटाको व्यवस्थापन र ४७१८ जना अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान

राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन

म्याग्दी । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ

डोल्पा विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा पछाडिको पांग्रा खुस्कियो

काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको