१० आश्विन २०८३, शनिबार | September 26, 2026

बाढी पसेपछि सुस्तावासी समस्यामा



नवलपरासी पश्चिम । निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको क्बाढीबस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्या परेका छन् ।

जिल्लाको सुस्ता गाउँपालिका-५ सुस्तास्थित थारु टोलका घरपरिवार बाढी पसेपछि सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्तकहाँ आश्रय लिएका छन् । प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले भने, “सुस्ताको थारु टोलमा केही घरमा बाढी पसेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको हो । केही आफन्तको घरमा गएर बसेका छन । भने केही सुस्तामा रहेको सुरक्षित आश्रय स्थल (सामुदायिक भवन)मा बसेका छन् ।”

सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार थारु टोलमा रहेको ७८ घरपरिवारलाई सुस्ताको आश्रयस्थल र आफन्तका घरमा सारिएको छ । नारायणी नदीको बाढी थारु टोलमा प्रवेश गरेपछि नेपाल प्रहरी लगायत उद्धारका लागि खटिएका सुरक्षाकर्मी सहयोगमा सूचना प्रवाह गर्दै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो ।

सुस्ता कै स्थानीय मुन्सीकुमार हरिजनका अनुसार लगातारको वर्षाले सुस्ताको थारु टोलमा रहेको केही घर डुबानमा परेको छ । नारायणी नदीको बाढी सिधै सुस्ताको थारु टोलमा प्रवेश गरी घर, खेतबारी तथा बाटो डुबान गराएको बताएका छन ।

उनले भने, “मैलै लगाएको १० कठ्ठामा उखु खेती पनि नारायणीको बाढीले बटान गरी बगाएको छ । म जस्तै दर्जनौँभन्दा बढी किसानको धान र उखुलगायतको बाली कटान गरि बगाएको छ ।”

सुस्तास्थित नारायणी नदीले वर्षा मौसम सुरु भए लगतै अस्थायी बाँध कटान गर्दै सुस्ताको धेरै भूमि कटान गरिसकेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ७ : ४८ बजे

वर्षाका कारण जापानसँगको खेल रद्द, नेपाल क्वाटरफाइनलमा

काठमाडौं । २० औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र

नेपालले जापानलाई दियो १५० रनको लक्ष्य

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले आयोजक जापानलाई १५०

सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ४३ ढोका खोलिए

काठमाडौं । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह आज स्वदेश फर्किँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संयुक्त राष्ट्रसंघको ८१ औँ

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा । बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी