१० आश्विन २०८३, शनिबार | September 26, 2026

भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो



काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरी नगरपालिका-१ मा रहेको इन्द्रदहमा स्नान एवं पूजाआराधना गर्ने भक्तजनको घुइँचो लागेको छ ।

भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाएका भक्तजन राति इन्द्रदहमा जाग्राम बस्न जाने परम्परा छ । यो परम्परा अनुसार शुक्रबार राति नै भक्तजन इन्द्रदह पुगी दिवङ्गत आफन्तका नाममा बत्ती बालेर जाग्राम बसेका थिए ।

शुक्रबार राति दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै इन्द्रदह परिसरमा रहेको इन्द्रको मन्दिर क्षेत्रमा बत्ती बालेका भक्तजनले बिहानै इन्द्रदहमा स्नान गरी गणेश, इन्द्रलगायत देवी देवताको पूजा आराधना गरेको चन्द्रागिरी नगरपालिका-१ कार्यालयका सूचना अधिकारी रचना अर्यालले जानकारी दिए ।

नगरपालिका-१ मा पर्ने यो धार्मिकस्थलमा प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन लाखौँ भक्तजन स्नान एवं पूजा आराधनाका लागि पुग्ने गरेका छन् । कति भक्तजन भने भाद्र शुक्ल चतुर्दशीका दिन बेलुकी इन्द्रदहमा गई जाग्राम बसेर बत्ती बाल्न पुग्छन् ।

मेलाका अवसरमा नगरपालिकाको वडा नं १, २ र ३ का विद्यालयलगायत कार्यालयमा स्थानीय पर्व बिदा दिने गरिएकामा यस वर्ष शनिबारको सार्वजनिक बिदाकै दिनमा पर्व परेकाले बिदा दिनु नपरेको पनि उनले सुनाए । दिवङ्गतहरु स्वर्ग पुग्ने भएकाले त्यहाँका राजा इन्द्रको विशेष पूजा आराधना गरिने यो अवसरमा इन्द्रदहमा बत्ती बाल्ने, स्नान गरी पूजा आराधना गरे शान्ति मिल्ने धार्मिक विश्वास भक्तजनमा रहिआएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  २ : २३ बजे

राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग

काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी

नारायणी तटीय क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरिँदै

नवलपुर । गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीमा

नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका