१० आश्विन २०८३, शनिबार | September 26, 2026

विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग



काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा विभिन्न आयामबाट छलफल चलाइरहेको छ ।

विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार (आउट अफ कन्ट्री भोटिङ) दिने सवालमा प्रमुख आयुक्त मानबहादुर कार्कीसहितका पदाधिकारीले सरोकारवाला एवं जानकारहरूसँग विमर्श चलाएका हुन् ।

आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको सङ्ख्या, मतदाता नामावली सङ्कलनको सम्भावित प्रक्रिया, मतदानको सम्भावित विधि तथा निर्वाचन सञ्चालनमा कूटनीतिक नियोगको भूमिकाबारे विचारविमर्श गरिरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

विदेशमा रहेका नेपालीको यकीन विवरण सङ्कलन, उनीहरूलाई मतदाता नामावलीमा समेट्ने प्रक्रिया, मतदान केन्द्रको सम्भावित व्यवस्था तथा मतदानपछि मतपत्र व्यवस्थापनलगायत प्राविधिक र प्रशासनिक पक्षमा समेत आयोगले छलफल चलाएको छ ।

यसै सन्दर्भमा आयोगले परराष्ट्र मन्त्रालयको सहजीकरणमा हालै विभिन्न मुलुकस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगका प्रमुखसँग छलफल गरेको थियो ।

आयोगको आफ्नै अध्ययन सामग्रीमा पनि विभिन्न मुलुकले विदेशस्थित दूतावास तथा कन्सुलेटमा मतदान केन्द्र स्थापना गर्ने, हुलाकमार्फत मतदान गराउने, प्रतिनिधिमार्फत मतदान गर्ने तथा विद्युतीय वा मिश्रित विधि अपनाउने विकल्प र सोका लागि आवश्यक कानुनी र नीतिगत परिवर्तनको अध्ययन पनि गरिरहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ४ : १७ बजे

राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग

काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी

नारायणी तटीय क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरिँदै

नवलपुर । गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीमा

नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका