१२ आश्विन २०८३, सोमबार | September 28, 2026

चोलेन्द्र प्रकरण अपराध अनुसन्धानका प्रमुख खड्कालाई आयोगले बोलायो



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हिरासतमा राखिएका बेला आयोगको टोलीलाई भेट्न नदिएको विषयमा अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ ।

आयोगले एसएसपी खड्कालाई मंगलबार आयोगमा उपस्थित भएर घटनाबारे बयान दिन पत्राचार गरेको हो ।

आयोगका सदस्य मनोज दुवाडीसहित तीन सदस्यीय टोली आइतबार जबरालाई भेट्न तथा उनको मानव अधिकारको अवस्थाबारे अनुगमन गर्न टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगेको थियो । तर, प्रहरीले आयोगको टोलीलाई कार्यालयभित्र प्रवेश गर्न अनुमति नदिएपछि टोली गेटमै करिब ४५ मिनेट बसेर फर्किएको थियो ।

जबरालाई हिरासतमा राखिएको अवस्थाबारे जानकारी लिन तथा उनको मानव अधिकारको अवस्थाको अनुगमन गर्न आयोगको टोली अपराध अनुसन्धान कार्यालय पुगेको थियो । तर, कार्यालय प्रवेश गर्न नदिइएपछि आयोगले घटनाबारे सम्बन्धित प्रहरी अधिकारीसँग स्पष्टीकरण लिन प्रक्रिया अघि बढाएको हो ।

आयोगले प्रहरी कार्यालयमा आयोगको अनुगमन टोलीलाई प्रवेश गर्न नदिनुको कारण र त्यसक्रममा भएको घटनाबारे एसएसपी खड्कासँग जानकारी लिने जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ३ : ३६ बजे

सर्वोच्चद्वारा कर्णालीका सांसद राजकुमार शर्माको रिट खारेज, सांसद पद नरहने

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माले आफ्नो

लुम्बिनीमा चार दिनमा ७८ विपद्का घटना, ६ जनाको मृत्यु, १,२८० विस्थापित

दाङ । लुम्बिनी प्रदेशमा असोज ८ देखि ११ गतेसम्म चार

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान

काठमाडौं । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी । एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका

चोलेन्द्र प्रकरणबारे नेपाल बार – ‘न्यायालयमाथिको दबाब र प्रभाव डटेर सामना गर्छौं’

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति नेपाल बारको आपत्ति, ‘न्यायालयमाथिको दबाब र प्रभाव