काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि सुरु हुने वडा अधिवेशन उत्साहपूर्ण रूपमा सम्पन्न गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
देउवाले बिहीबार बिहान अपिल जारी गर्दै वडा अधिवेशनमा पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई उत्साहका साथ सहभागी हुन आग्रह गरेका हुन् ।
अपिलमा देउवाले झन्डै आठ दशक लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासन स्थापनाका लागि पुर्याएको योगदान, त्याग र बलिदानलाई थप सुदृढ बनाउन १५औँ महाधिवेशन महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन् ।
उनले देशभरका ६ हजार ७४३ वटै वडामा विधि र प्रक्रिया पूरा गरी हर्षोल्लासका साथ वडा अधिवेशन सम्पन्न गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
त्यसैगरी, पार्टीभित्र देखिने आन्तरिक मतभेदलाई महाधिवेशनको आन्तरिक लोकतान्त्रिक अभ्यासमार्फत समाधान गर्दै नेपाली कांग्रेसलाई अझ एकताबद्ध, सुदृढ र मजबुत बनाउने प्रतिबद्धता पनि अपिलमा व्यक्त गरिएको छ ।
















प्रतिक्रिया