१५ आश्विन २०८३, बिहिबार | October 1, 2026

बागलुङमा पहिरोमा परी बेपत्ता महिलाको शव फेला : मृतकको सङ्ख्या १३ पुग्यो



बागलुङ । यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

असोज ११ गते आएको पहिरोमा बेपत्ता भएका तमानखोला गाउँपालिका-४ का सन्तर निवासी ५३ वर्षीया पुनसरा विकको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।

पहिरोले घर पुरिँदा निसीखोला गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा पाँच र ताराखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तमानखोला गाउँपालिकाका बुद्धिराज घर्ती, भीमदेवी घर्ती, हस्तवीर श्रीपाली र उडिसरा श्रीपालीको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ८ : ०९ बजे

‘चिनियाँ राष्ट्रको महान् पुनर्जागरण रोक्न कसैले सक्दैन’ : सी चिनफिङ

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रिय पुनर्जागरणको महान् लक्ष्य

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौं । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९

बाढीपहिरोले क्षति पु-याएको बेनी-जोमसोम सडक मर्मत सुरु

म्याग्दी । पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको

वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत