१८ आश्विन २०८३, आइतबार | October 4, 2026

पार्टी कार्यालय च्यासलमा एमाले संसदीय दलको बैठक



काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक अहिले पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित एमालेबाट निर्वाचित सांसदहरू सहभागी छन् । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, हालै सम्पन्न संसद् अधिवेशन तथा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल भइरहेको जनाइएको छ ।

बैठकमा अध्यक्ष ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई समसामयिक राजनीतिक परिस्थिति र संसदीय भूमिकाका विषयमा आवश्यक निर्देशन दिने कार्यक्रम रहेको नेताहरूले बताएका छन् ।

यसैबीच, अध्यक्ष ओलीले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा सहभागी नहुने निर्णय गरेका छन् । कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा अन्य राजनीतिक दलका शीर्ष नेताहरूलाई समेत आमन्त्रण गरिएको सन्दर्भमा ओलीको अनुपस्थितिलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  २ : २९ बजे

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको इतिहास छः खड्गे

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले भारतीय राष्ट्रिय

कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँ : महामन्त्री गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कांग्रेसको १५औँ महाधिवेशनले

बेनी-जोमसोम-कोरला सडकको अवरोध हटाइँदै

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछि

खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, शीर्ष नेताहरूको उपस्थिति

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा जारी छ

दसैँ नजिकिएसँगै काठमाडौंका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौंको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला