२० आश्विन २०८३, मंगलबार | October 6, 2026

नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो




काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढेर दुई हजार ५७८ दशमलव ७३ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई अङ्कले बढेर ४६१ दशमलव ८६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक शून्य दशमलव ८२ अङ्कले बढेर १७७ दशमलव ७१ मा पुगेको छ ।

यसैगरी सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ७५ अङ्कले बढेर १५५ दशमलव ८४ मा पुगेको छ । आज विभिन्न कम्पनीका ८९ लाख ५५ हजार २३० कित्ता सेयर रु तीन अर्ब १३ करोड ८१ लाख १९ हजार ५२८ मूल्यमा खरिद बिक्री भएको छ । १३ उपसमूहमध्ये ११ उपसमूह बढ्यो भने दुई उपसमूह घट्यो ।

आज १६९ कम्पनीको सेयर बढ्यो भने ९५ कम्पनीको सेयर घट्यो । त्यसैगरी १५ कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार त्रिशूली जलविद्युत् कम्पनी, साल्पा विकास बैंक, हाथवे इन्भेष्टमेन्ट नेपाल लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी सर्वोत्तम पेन्ट्स, एनआइविएल ग्रोथ फण्ड, चिर्खवा हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ४ : ३९ बजे

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला र डीसीईओमा दीपचन्द्र रेग्मी बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत

गगनलाई सर्वसम्मत कांग्रेस सभापति हुनबाट रोक्न खड्गीले दिए उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ६

उपसभापति खुला समूहमा डा. चन्द्र भण्डारीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई