२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

नेकपाको केन्द्रीय कार्य संयोजन समितिको बैठकमा सात एजेन्डामा छलफल हुँदै



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ।

प्रवक्ता ज्वालाका अनुसार बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टीको आगामी कार्यदिशा तथा संगठनात्मक विषयमा छलफल भइरहेको छ।

बैठकका प्रमुख एजेन्डामा समसामयिक राष्ट्रिय राजनीति तथा पार्टीको दायित्व, जनजागरण तथा संगठन सुदृढीकरण अभियान, महाधिवेशन तथा अधिवेशन, केन्द्रीय कार्यसमिति गठन र बैठक, केन्द्रीय सचिवालय गठन तथा बैठक, नेताहरूको कार्यविभाजन र विविध विषय रहेका छन्।

नेकपाले चाडपर्वपछि देशव्यापी रूपमा दुईमहिने जनजागरण तथा संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय यसअघि नै गरेको थियो। उक्त अभियानको तयारी, कार्ययोजना र कार्यान्वयनका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ।

त्यस्तै, यसअघि मंसिरमा गर्ने भनिएको पार्टीको केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नयाँ कार्यतालिका तय गर्ने विषय पनि बैठकको एजेन्डामा छ। बैठकले महाधिवेशन तथा अन्य तहका अधिवेशनसम्बन्धी विषयमा समेत छलफल गरी आवश्यक निर्णय गर्ने तयारी गरेको छ।

केन्द्रीय कार्यसमिति र सचिवालयको गठन, ती निकायका बैठक सञ्चालन तथा नेताहरूको जिम्मेवारी बाँडफाँटबारे पनि बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ।

पारित सात एजेन्डामाथि छलफल गर्दै बैठकले पार्टीको आगामी राजनीतिक कार्यदिशा, संगठन विस्तार तथा महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउने विषयमा निर्णय गर्नेछ।

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा जारी बैठकको सञ्चालन सहसंयोजक माधवकुमार नेपालले गरिरहेका छन्।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  २ : ०२ बजे

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद