ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँच हजार ५०० मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले अग्रता लिइरहेका छन् ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा साँझ ८ः५० बजे सम्मको गणनामा उपसभापतिको खुला पदमा डा चन्द्रकान्त भण्डारीले दुई हजार ८३४ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।
त्यस्तै, इञ्जिनियर मधु आचार्यले एक हजार ७३२, गोविन्द भट्टराईले एक हजार ४३५, सुरेन्द्रराज पाण्डेले एक हजार ३५०, धनराज गुरुङले एक हजार २६६, दीपक गिरीले ७४४ र प्रा डा चन्द्रमोहन यादवले ५०६ मत प्राप्त गरेका छन् ।
उपसभापतिको समावेशी एक पदमा विनोदकुमार चौधरीले एक हजार ३६९ मत प्राप्त गरेका छन् भने जीवन परियारले एक हजार २९९, सीता गुरुङले ८८४, फरमुल्लाह मन्सुरले ७९५ र रञ्जीत कर्णले ४२७ मत प्राप्त गरेका छन् ।
महामन्त्रीको खुला पदमा प्रदीप पौडेलले तीन हजार १७७ मत प्राप्त गरेका छन् भने उदयशमशेर राणाले एक हजार ७९४, डा सुनीलकुमार शर्माले एक हजार ७१५, अमरसिंह पुनमगरले ९९५, गुरुराज घिमिरेले एक हजार १२०, नैनसिंह महरले ८४०, शङ्कर तिवारीले १०५ र डा सन्तोष उपाध्यायले ८१ मत प्राप्त गरेका छन् ।
महामन्त्रीको महिला पदमा डा डिला सङ्ग्रौला (पन्त)ले दुई हजार ४१८ मत प्राप्त गरेकी छन् भने महालक्ष्मी उपाध्याय (डिना) ले दुई हजार २२२ र रिता खनालले ५६० मत प्राप्त गरेकी छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कायम भएका सात हजार २५५ मतदातामध्ये सात हजार ३९ महाधिवेशन प्रतिनिधिले मतदान गरेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
















प्रतिक्रिया