२८ आश्विन २०८३, बुधबार | October 14, 2026

मणिमुकुन्द सेन उद्यानको नयाँ कार्यसमितिको पदस्थापन



बुटवल । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको छैटौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन तथा दसैँ, मोहनी नखः, नेपाल संवत्, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले बुटवललाई आर्थिक राजधानीका रूपमा स्थापित गर्न पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

उनले मणिमुकुन्द सेन उद्यानलाई साँघुरो घेरामा सीमित नराखी राष्ट्रिय उद्यानका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उद्यानलाई शैक्षिक तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न बृहत् सोचका साथ अघि बढ्नुपर्ने बताउँदै श्रेष्ठले संस्थाको सफलता र कमजोरीमा अध्यक्ष तथा पदाधिकारीसँगै प्रत्येक सदस्यको जिम्मेवारी रहने उल्लेख गरे । सामाजिक संस्थामा आबद्ध हुँदा आर्थिक लगानीसँगै समय पनि दिनुपर्ने उनको भनाइ थियो ।

पेन्सन क्याम्प विगतको आवश्यकताअनुसार स्थापित भएको उल्लेख गर्दै उनले अहिले डिजिटल प्रविधिबाट पेन्सन वितरण हुन थालेपछि यसको औचित्यमा पुनर्विचार गर्नुपर्ने बताए । यस विषयलाई स्थानीय राजनीतिक दलहरूले पहल गरेर अघि बढाउनुपर्ने उनको सुझाव थियो ।

नवनिर्वाचित महासचिव महेन्द्र लिगललाई निवर्तमान महासचिव युवराज घिमिरेले माईन्युड हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष माधवप्रसाद नेपालले उद्यानलाई पर्यटन विकाससँग जोडेर अघि बढाउने प्रतिबद्धता जनाए । उनले समयको आवश्यकता र युवाको मागअनुसार पार्कको सौन्दर्यीकरण गर्ने तथा आतिथ्य सत्कार (हस्पिटालिटी) को अवधारणालाई प्राथमिकतामा राख्ने बताए । उद्यानको विकास र व्यवस्थापनमा पारदर्शिता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालले आफ्नो बौद्धिक क्षमता र जिम्मेवारीले भ्याएसम्म कुनै पनि प्रकारको आर्थिक अनियमितता हुन नदिने बताए ।

कार्यक्रममा समितिका सल्लाहकार शोभाखर पोखरेल, नारायण जिसी, शरद वली, बुटवल सामुदायिक वन समूह १-४ का अध्यक्ष बाबुराम पौडेललगायतले उद्यानको विकासका लागि रणनीतिक योजना बनाएर कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिएका थिए ।

त्यसैगरी, निर्वतमान लेखा समिति संयोजक भोजबहादुर बुढाथोकीले आर्थिक तथा प्रशासनिक ऐन बनाएर संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

बुटवल आउने पर्यटकलाई आकर्षित गरी केही समय उद्यानमै बिताउन सक्ने वातावरण बनाउन आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने र फूलबारीलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय पर्यटन व्यवसायीको सक्रियता आवश्यक रहेकोमा पनि जोड दिए ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ३ : १६ बजे

बूढीगण्डकी बाढी : उत्तरी गोरखाको पाँचहजार घर विद्युतविहीन

गोरखा । बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार

दैवीविपत्तिबाट भएको क्षति पुनर्निर्माणका लागि साढे पाँच खर्ब आवश्यक पर्ने

काठमाडौं । भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी बाढी तथा अन्य मौसमजन्य

नेपालबाट बाहिरियो यस वर्षको मनसुन, औसत मितिभन्दा १२ दिन ढिलो

काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ।

मणिमुकुन्द सेन उद्यानको नयाँ कार्यसमितिको पदस्थापन

बुटवल । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको छैटौँ अधिवेशनबाट निर्वाचित

पोखरा-दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

पोखरा । फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको