काठमाडौं । विभिन्न देशका लागि प्रस्तावित १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।
समितिले भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन र श्रीलंकाका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको हो।
मलेसिया र साउदी अरेबियाका लागि प्रस्तावित राजदूत क्रमशः चुडामणि खरेल र गिरीबहादुर सुनारको नाम भने समितिले अस्वीकृत गरेको छ।
त्यस्तै, जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे समितिले अर्को बैठकबाट निर्णय गर्ने भएको छ।
यससँगै १३ प्रस्तावित राजदूतमध्ये १० जनाको नियुक्तिका लागि संसदीय सुनुवाइको प्रक्रिया पूरा भएको छ भने दुई जनाको नाम अस्वीकृत भएको छ। जापानका लागि प्रस्तावित राजदूतबारे भने निर्णय हुन बाँकी छ।


















प्रतिक्रिया