२८ आश्विन २०८३, बुधबार | October 14, 2026

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : ब्रोदर्स र अप्सरा विजयी



नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार सम्पन्न खेलमा ब्रोदर्स एफसी र एफसी विजयी भएका छन् ।

न्यू डाँफे स्पोर्ट्स क्लब खजुराको आयोजनामा असोज २५ देखि सञ्चालन भइरहेको प्रतियोगितामा बुधबार सम्पन्न पहिलो खेलमा ब्रोदर्स एफसीले ३-० अन्तरले चन्द्र ज्योति स्पोट्स क्लबलाई पाखा लगाउँदै जित निकाल्यो । ब्रोदर्स एफसीका तर्फबाट जर्सी नम्बर १७ का विपिन सिँजालीले २ र जर्सी नम्बर ७ का समीर विकले थप गोल गर्दै जित सुनिश्चित गरेका थिए ।

बुधबार सम्पन्न दोस्रो खेलमा एफसी अप्सरा कोहलपुर विजयी बन्यो । खेलको निर्धारित समयसम्म दुवै टिमको गोल २-२ भएपछि खेल ट्राईबेकरमा गएको थियो । खेल अवधि सम्म एफसी सिमलघारिको तर्फबाट जर्सी नम्बर ९ का गोपाल रावलले र जर्सी नम्बर ४ का अरुण नेपालीले गोल गरे । अप्सरा एफसीका जर्सी नम्बर ७ का दिवस खड्काले गोल गरे । एक गोल एफसी सिमलघारिका खेलाडी आत्मघाती गोल हुँदा खेल बराबरीमा पुगेको थियो ।

ट्राईबेकरमा ७-६ को अन्तरले एफसी अप्सरा विजयी बनेको क्लबका अध्यक्ष बालाराम खत्रीले जानकारी दिए । प्रतियोगितामा बिजेता हुने टिमले नगद ५१ हजार १ सय ११ साथमा ट्रफि मेडल र प्रमाणपत्र र उप विजेता टिमले ३१ हजार १ सय ११ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा मुख्य प्रायोजकका रुपमा नेपालगन्ज न्यूरो हस्पिटलले सहकार्य गरेको क्लवका अध्यक्ष खत्रीले जनाए । प्रतियोगितामा १५ टिमले सहभागिता जनाएको न्यू डाँफे स्पोर्टस क्लवका सचिव तेजेन्द्र योगीले जनाए ।

दशै र तिहारको अवसर पारि आइतबार देखी शुभारम्भ गरिएको प्रतियोगिता कार्तिक २ गतेसम्म चल्ने न्यू डाँफे स्पोर्टस क्लवका उपाध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए । असोज २५ देखि प्रतियोगिता सुरु भएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  १० : ४८ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : ब्रोदर्स र अप्सरा विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार

सांसद खगेन्द्र सुनारले गरे अडियो प्रकरणमा जोडिएकी महिलाको बचाउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै

‘अव्यवस्थित पार्किङ, जिर्ण सडक र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना बढ्यो’

नेपालगन्ज । अनुशासीत र मर्यादित भएर यातायात ब्यवसाय गर्न सके

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका