१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

चक्रवात ‘अर्नब’को प्रभाव : भारतको आन्ध्र प्रदेशमा पाँच जनाको मृत्यु, हजारौँ विद्युत् पोल ढले



काठमाडौं । समुद्री चक्रवात ‘अर्नब’का कारण भारतको आन्ध्र प्रदेशमा पाँच जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले चक्रवातका कारण भएको मानवीय क्षतिबारे जानकारी दिएका हुन् ।

बंगालको खाडीमा विकसित चक्रवात मंगलबार मध्यरातपछि बुधबार बिहान आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको थियो । यसको प्रभावले आन्ध्र प्रदेश, ओडिशा र तेलंगानाका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ ।

भारतको मौसम विज्ञान विभागका अनुसार चक्रवात कमजोर हुँदै गएको छ । पछिल्लो छ घण्टामा करिब १५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरतर्फ सरेको यो मौसमी प्रणाली न्यून चापीय क्षेत्रमा परिणत भएको जनाइएको छ ।

चक्रवातको प्रभाव आन्ध्र प्रदेशमा बढी परेको छ । भारी वर्षाका कारण राज्यका विभिन्न जिल्लामा सतर्कता अपनाउन आग्रह गरिएको छ । उत्तरी आन्ध्र प्रदेशका जिल्लासँगै काकीनाडा, कोनासीमा र पूर्वी गोदावरी क्षेत्रमा बढी वर्षा भइरहेको बताइएको छ ।

आन्ध्र प्रदेश विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख निर्देशक प्रखर जैनले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।

चक्रवातका कारण आन्ध्र प्रदेशका विभिन्न जिल्लामा विद्युत्का पोल ढलेका छन् भने विद्युत् प्रसारण लाइनमा क्षति पुगेको छ । विद्युत् आपूर्ति पुनःस्थापना गर्न तेलंगानासँग सहयोग मागिएको छ ।

आन्ध्र प्रदेशका विद्युत् विभागका अधिकारीहरूले मुख्यमन्त्रीसँगको समीक्षा बैठकमा कोनासीमा जिल्लामा मात्रै करिब ६ हजार विद्युत् पोल ढलेको जानकारी दिएका छन् ।

उत्तरी आन्ध्र प्रदेशका तटीय जिल्लाका विभिन्न क्षेत्रमा विद्युत्का लाइन र तारमा क्षति पुगेको छ । यसका कारण तटीय क्षेत्रका धेरै गाउँ र सहरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  १२ : ०२ बजे

जनकपुरलाई काठमाडौंले दियो ११६ रनको लक्ष्य, राहुल यादवले लिए चार विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा

विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ

निर्वाचन प्रहरीको पोसाक खरिदबारे संसदीय उपसमिति ‘माइक्रो’ अध्ययनमा

काठमाडौं । निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको दाबीसहित सार्वजनिक

जावलाखेलमा गोदावरी फूलको प्रदर्शनी

काठमाडौं । ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु

हुम्ला-सुर्खेत सडक जीर्ण

हुम्ला । हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रीलाई सास्ती भएको छ