१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी




सप्तरी। सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ ।

केही वर्षअघि तयार पारिएको परियोजनासम्बन्धी विस्तृत प्रतिवेदनका आधारमा निर्माण गर्न लागिएको पुलको अनुमानित लागत रु ४३ अर्ब रहेको सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले जानकारी दिनुभयो ।

एसियाली विकास बैंक सहयोगमा निर्माण हुने उक्त पुल सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्गको १४ किमी यात्रा कम हुनेछ ।

निर्देशक ढकालले भन्नुभयो, “अहिले नयाँ पुल तथा सडक निर्माणसम्बन्धी आवश्यक प्राविधिक तयारी भइरहेको छ ।” त्यस परियोजनाअन्तर्गत विशिष्ट प्रकृतिको पुलसँगै ४३ किलोमिटर नयाँ सडक निर्माण गरिनेछ । हाल पुल र सडकको समग्र संरचना निर्माणका लागि आवश्यक प्रक्रियागत काम अगाडि बढिरहेको छ ।

परियोजना क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएकाले वातावरणीय एवं कानुनी स्वीकृतिका केही विषयका कारण काम भइरहेको छ । कोशी ब्यारेज पुरानो हुँदै गएको र बढ्दो सवारी चापका कारण प्रस्तावित वैकल्पिक मार्ग नेपालको पूर्वी क्षेत्रमा यातायात सञ्चालन र व्यवस्थापनमा महत्वपूर्ण सावित हुनेछ ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  २ : ०४ बजे

गृह मन्त्रालयद्वारा एनप्याब्सन निलम्बित, निर्देशन उल्लंघन गरेको आरोप

काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे

ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोखरेलको मृत्यु

नवलपरासी । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीका पत्रकार पोषकान्त

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी। सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

जुरेढुङ्गा ओझेलमा

रसुवा । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि