१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरेर कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्रीका सञ्चार तथा अनुसन्धान विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको निर्देशनबारे जानकारी दिएकी हुन्।

दाहालका अनुसार पत्रकार पक्राउ परेको घटनामा प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता थिएन। घटनाबारे पूर्वजानकारीसमेत नभएको उनले स्पष्ट पारेकी छन्।

‘पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारीसमेत प्राप्त नभएको स्पष्ट पारिन्छ,’ दाहालले भनेकी छन्।

घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको पनि उनले उल्लेख गरेकी छन्।

शुक्रबार प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका प्रधानसम्पादक धीरज बस्नेत र मोटिभेट न्युजका अध्यक्ष एवं प्रधानसम्पादक शोभराज बराल रहेका छन्।

त्यसैगरी, नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोशाकका प्रहरी पत्रिकाको कार्यालयमै पुगेका थिए। दियोपोस्टलगायतका सञ्चारमाध्यममा समेत प्रहरी पुगेको विवरण सार्वजनिक भएका थिए।

समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने तथा समाचार कक्षमा प्रहरी प्रवेश गरी धरपकड गर्ने घटनाप्रति प्रेस काउन्सिल नेपाल, पत्रकारिता क्षेत्र र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले आपत्ति जनाउँदै आएका छन्।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ८ : १४ बजे

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौँ । नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

पक्राउ परेका सबै पत्रकार रिहा : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

मुस्ताङ । प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा