१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

कांग्रेस सभापति थापाद्वारा विशेष बैठक आह्वान, सरकारका गतिविधिबारे छलफल हुने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका मुख्य पदाधिकारीको विशेष बैठक आह्वान गरेका छन् । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

बैठकमा सरकारका पछिल्ला गतिविधि, पत्रकार तथा सञ्चारगृहमाथि भइरहेको धरपकडलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले पछिल्ला घटनाक्रमबारे सरकारको ध्यानाकर्षण गराउने तयारीसमेत गरेको छ ।

बैठकमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापतिहरू पुष्पा भुसाल, चन्द्र भण्डारी र मधु आचार्य तथा महामन्त्रीहरू प्रदीप पौडेल, डिला संग्रौला र उदयशमशेर राणालगायतलाई बोलाइएको छ ।

बैठकपछि सभापति थापाले मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पछिल्ला घटनाक्रमबारे विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै सम्बोधन कार्यक्रमबारे जानकारी दिएका हुन् । उनले कार्यक्रममा उपस्थितिका लागि पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  १० : ०६ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका