२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

एनपीएल : लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित



काठमाडौं । अपराजित यात्रामा रहेको लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित भएको छ । लगातार जित हासिल गर्दै आएको लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजसँग पराजित भएसँगै नेपाल प्रिमियर लिग (एनपीएल) मा अपराजित यात्रामा पूर्णविराम लागेको छ।

एनपीएलमा लुम्बिनी १२औँ खेलमा आएर पहिलोपटक पराजित भएको हो। लुम्बिनी अघिल्लो सिजन सात खेलमा अपराजित रहेको थियो।

काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी तीन बल अगावै १२४ रनमा अलआउट भयो। ४.३ ओभरमा नै ६ विकेट गुमाएर लुम्बिनी संकटपूर्ण अवस्थामा पुगेको थियो।

पावर प्लेमा ३४–६ को अवस्थामा रहेको लुम्बिनी त्यसपछि खेलमा फर्कन सकेन। काठमाडौंका बलरसामु लुम्बिनीका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्।

सन्दीप जोराले सर्वाधिक ४४ रन बनाए। अविशेष गौतमले १६, निरोशन डिकवेल्ला १४ र रुवेन ट्रम्पलम्यानले ११ रन बनाए।

काठमाडौंका लागि जहानदाद खानले चार र करण केसीले दुई विकेट लिए। साहब आलम, सन्तोष यादव, सेहान र रासिद खानले समान एक विकेट लिए।

त्यसअघि कीर्तिपृुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६० रनको योगफल तयार पारेको थियो।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  ८ : ५८ बजे

एनपीएल : लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित

काठमाडौं । अपराजित यात्रामा रहेको लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६

सरकारले काम गरिरहेको छ, गौतमबुद्ध विमानस्थल चाँडै चल्छ : सांसद अग्रवाल

भैरहवा । प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा

यात्रु कुट्ने चालक र सह-चालक पक्राउ

बुटवल । मागेजती भाडा नदिएको निहुमा यात्रीमाथि कुटपिट गर्ने चालक