२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

एनपीएलमा आज कर्णाली-पोखरा र चितवन-काठमाडौं भिड्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन् । आज कर्णाली याक्स र पोखरा एभेन्जर्स तथा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो साढे १२ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।

प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन कर्णालीका लागि आजको खेल महत्वपूर्ण छ । जारी लिगमा चार खेल खेलेको कर्णालीले दुईमा जित र दुईमा हार बेहोर्दै चार अंक जोडेको छ ।

चार खेल खेलेको पोखरा भने अहिलेसम्म जितविहीन छ । लगातार चार खेलमा पराजित पोखरा आज पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ ।

यसअघिका दुई संस्करणमा कर्णाली र पोखराबीच दुई खेल भएका थिए । ती खेलमा दुवै टोलीले एक–एक जित निकालेका थिए ।

आजको दोस्रो खेलमा अपराह्न ५ बजे चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । चितवन तेस्रो जितको खोजीमा रहँदा काठमाडौं चौथो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ ।

जारी लिगमा चार खेल खेलेको चितवनले दुईमा जित, एकमा हार र एक खेलमा अंक बाँड्दै पाँच अंक जोडेको छ । काठमाडौँले भने चार खेलमध्ये तीनमा जित र एकमा हार बेहोर्दै छ अंक बनाएको छ ।

यसअघिका दुई संस्करणमा चितवन र काठमाडौँबीच दुई खेल भएका थिए । ती खेलमा दुवै टोलीले एक–एक जित निकालेका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ८ : ५२ बजे

दैलेखमा बिरामी बोकेको जीप दुर्घटना, चालकसहित ६ जना घाइते

सुर्खेत । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ आउँदै गरेको जीप दुर्घटनामा

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा

रसुवा । भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना

एनपीएलमा आज कर्णाली-पोखरा र चितवन-काठमाडौं भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज

आजदेखि कोप-३१ सुरु : वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

काठमाडौं । गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनासकारी

सकियो बुटवल दीपावली सडक खाना महोत्सव

बुटवल । बुटवलको सुख्खानगरमा सञ्चालन गरिएको दीपावली सडक खाना महोत्सव-२०८३