२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

एनपीएलमा आज दुई खेल, विराटनगर-पोखरा र कर्णाली-लुम्बिनी भिड्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत बिहीबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।

दिनको पहिलो खेलमा दिउँसो १२ः३० बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । प्रतियोगिताको २२औँ खेलका रूपमा रहेको यो प्रतिस्पर्धापछि दिउँसो ४ः३० बजे २३औँ खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्नेछन् ।

बुधबारसम्म २१ खेल सम्पन्न हुँदा काठमाडौं गोर्खाज आठ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ । समान आठ अंक रहेको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा रहँदा सात अंकसहित लुम्बिनी लायन्स तेस्रो स्थानमा छ । चितवन राइनोज पाँच अंकसहित चौथो स्थानमा रहेको छ ।

आज मैदानमा उत्रने चारै टोलीका लागि खेल महत्वपूर्ण छन् । सात अंकसहित तेस्रो स्थानमा रहेको लुम्बिनी जित निकाल्दै शीर्ष दुईमा उक्लिने लक्ष्यमा हुनेछ ।

त्यस्तै, विराटनगर र कर्णाली समान चार-चार अंकसहित प्लेअफ दौडमा छन् । दुवै टोली आजको खेल जित्दै आफ्नो सम्भावना बलियो बनाउन चाहन्छन् । दुई अंक मात्र जोडेको पोखरा भने अंकतालिकाको पुछारमा छ ।

एनपीएलको लिग चरणबाट अंकतालिकाका शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् । त्यसैले बाँकी खेलहरूमा टोलीहरूको प्रदर्शनले प्लेअफ समीकरण थप रोचक बनाउनेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ८ : २४ बजे

रुपन्देहीमा देउसी-भैलोको नाममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा दुई जना पक्राउ

रुपन्देही । देउसी-भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन

एनपीएलमा आज दुई खेल, विराटनगर-पोखरा र कर्णाली-लुम्बिनी भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत बिहीबार दुई खेल

मकवानपुरमा माइक्रोबस दुर्घटना : १० जना गम्भीर घाइते, अन्यको खोजी जारी

काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना

नक्कली भुटानी शरणार्थी प्रकरण : बिहानै रिहा भए टोपबहादुर रायमाझी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका

‘जलवायु सङ्कटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’

टर्किए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सङ्कट विश्वको