काठमाडौं । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।
पोखरा एभेन्जर्सविरुद्धको खेलमा सन्दीपले लगातार तीन बलमा तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १५ औँ ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा क्रमशः युवराज शर्मा, चमिका करुणारत्ने र किरण ठगुन्नालाई आउट गरेका थिए ।
सन्दीपको ह्याट्रिकसँगै विराटनगरले खेलमा महत्वपूर्ण सफलता हात पारेको छ । उनले उक्त खेलमा चार ओभर बलिङ गर्दै २७ रन खर्चेर चार विकेट लिएको विवरण प्राप्त भएको छ ।
यसअघि एनपीएलको दोस्रो संस्करणमा रोहित पौडेल र शाहब आलमले ह्याट्रिक गरेका थिए । रोहितले फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ह्याट्रिकसहित तीन विकेट लिएका थिए । त्यस्तै, शाहबले काठमाडौं गोर्खाजविरुद्ध ह्याट्रिकसहित छ विकेट लिएका थिए ।
सन्दीपको ह्याट्रिकसँगै एनपीएलमा ह्याट्रिक गर्ने खेलाडीको सूचीमा उनी पनि थपिएका छन् ।

















प्रतिक्रिया