२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

एनपीएल तेस्रो संस्करणको प्लेअफमा पुग्ने पहिलो टोली बन्यो लुम्बिनी लायन्स



काठमाडौं । कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा प्लेअफमा प्रवेश गरेको छ । लुम्बिनी जारी प्रतियोगितामा प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा छ विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ४६ रन बनाए । उनले ३४ बलमा छ चौका र एक छक्का प्रहार गरे । चौथो विकेटका लागि सर्टले निरोशन डिक्वेलासँग ४१ रनको साझेदारी गरेका थिए ।

अविजित रहेका दिलिप नाथले २८ रन बनाए । निरोशनले १६ रनको योगदान दिए । यी तीनबाहेक लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कर्णालीका मार्क वाटले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । उनले चार ओभरमा एक मेडनसहित १२ रन खर्चिए । पवन सर्राफ र हुसेन तलतले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनाएको थियो ।

कर्णालीलाई कम योगफलमा समेट्ने क्रममा लुम्बिनीका अभिषेक गौतम, किशोर महतो, डार्सी सर्ट र कप्तान रोहितकुमार पौडेलले समान दुई विकेट लिए । रुबेन ट्रम्पेलमन र शेर मल्लले एक-एक विकेट हात पारे ।

कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । हुसेन तलतले २४, गुल्सन झाले १३ र पवन सर्राफले १२ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यस जितसँगै लुम्बिनीले एक खेल अगावै प्लेअफमा स्थान पक्का गरेको छ । छ खेलबाट चार जित, एक हार र वर्षाका कारण एक खेल रद्द हुँदा लुम्बिनीले नौ अंक जोडेको छ । टोली अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

पराजयसँगै कर्णालीको प्लेअफ यात्रा कठिन बनेको छ । छ खेलबाट दुई जित र चार हार बेहोरेको कर्णाली चार अंकमा सीमित छ । अब कर्णालीको प्लेअफ सम्भावना चितवन राइनोजविरुद्धको अन्तिम खेलको नतिजामा निर्भर रहनेछ । उक्त खेल आइतबार (कात्तिक २९) हुनेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ८ : ४३ बजे

रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल यही

एनपीएल तेस्रो संस्करणको प्लेअफमा पुग्ने पहिलो टोली बन्यो लुम्बिनी लायन्स

काठमाडौं । कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनी लायन्स

सी चिनफिङको चेतावनी – ‘ताइवानको पृथकतावादी गतिविधिलाई कुनै छुट दिईंदैन

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले ताइवानलाई चीनमा पूर्ण एकीकरण

भीमफेदी दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी । पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड