काठमाडौं । सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गरेका हुन् ।
संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।
उनीहरू यसअघि विभिन्न अदालतमा मुख्य न्यायाधीश तथा न्यायाधीशका रूपमा कार्यरत थिए।

















प्रतिक्रिया