काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को आइतबार भएको खेलमा पोखरा एभेन्जर्सले काठमान्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको छ । कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङ र दिनेश खरेलको शानदार बलिङमा पोखरा एभेन्जर्सले एनपिएलमा काठमान्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले एनपिएलकै ठूलो स्कोर बनाउने क्रममा २२४ रन जोडेको थियो ।
त्यस्तै, भीम सार्की आठ, सुमित महर्जन तीन र सेहान एक रन थप्दै पेभेलियन फर्किए। कप्तान करण केसी र सन्तोष यादवले रन बनाउन सकेनन्।
काठमाडौंलाई कम स्कोरमा रोक्न पोखराका दिनेश खरेलले चार ओभरमा १८ रन खर्चेर चार विकेट लिए। विपिन खत्रीले तीन, रमेश मेन्डिस, युवराज साम्रा र सन्नी विकेले समान एक विकेट लिए।
एनपीएल इतिहासमा बनेको यो सर्वाधिक रनको योगफल हो। यसअघि पोखराविरुद्ध नै विराटनगरले २२० रनको योगफल तयार पारेको थियो।
दोस्रो विकेटका लागि युवराज सामरा र कुशल भुर्तेलले १८६ रनको साझेदारी गरेपछि पोखराले विशाल योगफल बनाएको छ।
पोखराका कुशल ५१ बलमा आठ चौका र आठ छक्का सहयोगमा ९९ रन बनाउँदै आउट भए। शतक नजिक पुगेका कुशल १८.२ ओभरमा करण केसीको बलमा विकेट किपरको हातबाट क्याच आउट भएका हुन्।
सोही ओभरको पाचौँ बलमा ओपनर युवराज ८९ रनमा क्याच आउट नै भए। युवराजले ५५ बलमा आठ चौका र पाँच छक्का प्रहार गरे।
कप्तान चमिका करुणारत्ने १९ र धनन्जय लक्षण दुई रनमा अविजित रहे। पोखराका अर्का ओपनर अर्जुन कुमाल पाँच रनमा क्याच आउट भए।
काठमाडौँका लागि करण केसीले दुई र जहानदाद खानले एक विकेट लिए।
अब मंसिर १ गते पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्नेछन्। यो खेल साँझ ५ बजे सुरु हुनेछ।
















प्रतिक्रिया