५ मंसिर २०८३, शनिबार | November 21, 2026

सुदूरपश्चिम रोयल्स एनपिएल च्याम्पियन



काठमाडौं । सुदूरपश्चिम रोयल्स तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपिएल) को च्याम्पियन बनेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिम विजयी भएको हो । 

सुदूरपश्चिमको जितमा स्कटल्यान्डका ओपनर जर्ज मन्सेले अविजित १२५ रन बनाए । उनी एनपिएलमा शतक बनाउने छैटौं तथा व्यक्तिगत सर्वाधिक रन बनाउने पहिलो खेलाडी बने ।यससँगै सुदूरले एक फाइनलसहित लगातार तीन भेटमा बेहारेको हारको बदला समेत लियो ।

टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५६ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा सुदूरपश्चिमले बिना विकेट गुमाउँदै १३.३ ओभरमा पहिलोपटक च्याम्पियन बन्यो । 

यसअघि मन्सेले आक्रमक ब्याटिङ गर्दै २८ बलमा पाँच चौका र ३ छक्कासहित अर्धसतक बनाएका थिए । तेस्रो एनपिएलमा तेस्रो खेल खेलेका उनको पहिलो अर्धसतक हो । यसअघि डेब्यु खेलमै लुम्बिनीविरुद्ध डक आउट तथा दोस्रो खेलमा चितवनविरुद्ध ८ रन मात्रै जोडेका थिए । ११औं ओभरमा जर्जले लुम्बिनीका कप्तान रोहितलाई दुई छक्कासहित १८ रन हिर्काएपछि खेल सुदूरको पक्षमा आएको थियो । 

ओपनिङ जोडी विनोद भण्डारीसँगै मन्सेले आक्रम ब्याटिङ गर्दै पावर प्लेमै ६० रन जोडेका थिए । विनोदले २७ बलमा तीन चौकासहित ३० रनको योगदान गरे । 

यसअघि पहिलो इनिङ्समा लुम्बिनीको लागि दिलिप नाथले सर्वाधिक अविजित ३९ रन बनाए । उनले ३१ बलमा तीन छक्का हिर्काएका थिए । दिलिप र अमेरिकी २३ वर्षीय अलराउन्डर अली शेखसँग पाँचौं विकेटको लागि ३३ रनको साझेदारी गरेका थिए । अलीले १२ बलमा समान दुई चौका र छक्कासहित २४ रन बनाए । यसअघि निरोशान डिकवेला र दिलिपले ३४ रनको साझेदारी गरेका थिए । 

कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३० रन बनाए । ३१ बलमा दुई चौका प्रहार गरेका रोहित रन आउट भएका थिए । श्रीलंकन ब्याटर निरोशान डिकवेलाले १७ बलमा २८ रन बनाए ।  १ चौका र २ छक्का हिर्काएका उनलाई श्रीलंकाकै थारिन्दु रत्नायेकेले बोल्ड गरेका हुन् । यसअघि ओपनर डार्सी सर्टले १८ बलमा चार चौकासहित २१ रनको योगदान गरेका थिए । 

अर्का ओपनर आसिफ शेख भने १ रन बनाएर आउट भएका थिए । छैटौं नम्बर क्रिजमा आएका सन्दीप जोरा मात्र ४ रन बनाएर आउट भए । 

सुदूरको लागि स्कट कुगुलेइनले २ तथा हेमन्त धामी, थारिन्दु रात्नायेके र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । अनिल खरेल र इशान पाण्डे विकेटविहीन भएका थिए ।  

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ८ : ३७ बजे

Your email address will not be published.

एनपिएल विजेता टोली सुदूरपश्चिम रोयल्सलाई प्रधानमन्त्रीको बधाई

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग ९एनपिएल०को तेस्रो

सुदूरपश्चिम रोयल्स एनपिएल च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम रोयल्स तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपिएल)

प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जाँदै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

काठमाडौँ । स्तन क्यान्सरको समयमै पहिचान र उपचार गर्न सके

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा एक व्यक्तिले बन्चरो