काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले मंगलबार पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ ।
कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा हुने समूह ‘बी’को खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
समूह चरणमा दुई खेल खेलेको पाकिस्तान ‘ए’ दुवैमा जित निकाल्दै चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । नेपालले भने दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ । दुई अंक जोडेको नेपाल तालिकाको तेस्रो स्थानमा रहेको छ ।
नेट रनरेटमा पनि पाकिस्तान ‘ए’ नेपालभन्दा अघि छ । पाकिस्तान ‘ए’को नेट रनरेट १.०९० रहेको छ भने नेपालको ऋणात्मक २.४६१ छ ।
समूह चरणको आफ्नो अन्तिम खेल खेल्न लागेको नेपालका लागि पाकिस्तान ‘ए’विरुद्धको प्रतिस्पर्धा महत्त्वपूर्ण हुनेछ । जित निकाल्न सके नेपालले अंकतालिकामा आफ्नो स्थिति सुधार गर्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउन सक्नेछ ।
















प्रतिक्रिया