८ मंसिर २०८३, मंगलबार | November 24, 2026

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर करार सेवामा कार्यरत एक कर्मचारीविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

प्यूठानको सरूमारानी गाउँपालिका–४ का भोजबाबु सोमै मगरले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी रूम्जाटार माध्यमिक विद्यालय र त्यसपछि खानेपानी मन्त्रालय सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलमा सव–इन्जिनियर पद (करार)मा जागिर खाएको भन्दै आयोगले उनीविरुद्ध आरोपपत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार करारका कर्मचारी मगरले डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी, भक्तपुरबाट जारी भएको देखिने झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरी सार्वजनिक पद, ओहदा, लाभ र सुविधा लिएको देखिएकाले आरोपपत्र दायर गरिएको हो ।

करार कर्मचारी मगरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ४ : ५४ बजे

Your email address will not be published.

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस

यातायात व्यवस्था कार्यालय बुटवलबाट सात जनालाई बिचौलियाको आरोपमा पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवल स्थित यातायात व्यवस्था कार्यालयबाट ७

रथी थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका अनुपजङग

१५.३९ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ५ अर्ब नाघ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाली सेयर बजारमा

राष्ट्रियता र भौगोलिक अखण्डताबारे बुटवलमा मंसिर १४ गते बृहत् अभिमुखीकरण कार्यक्रम हुँदै

बुटवल । ‘राष्ट्रियता, भौगोलिक अखण्डता, वीर पुर्खाहरूको योगदान र युवाहरूको