१० मंसिर २०८३, बिहिबार | November 26, 2026

इनम सापकोटा सहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौँ । सम्पत्ति शुद्धीकरण तथा राष्ट्र बैङ्क ऐनअन्तर्गतको कसुरमा पक्राउ परेका ईनम सापकोटासहित तीन जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

बिहीबार काठमाडौँ जिल्ला अदालतले सापकोटासहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन काठमाडौँ प्रहरीलाई अनुमति दिएको हो । अदालतका एक अधिकृतका अनुसार अनुसन्धान नसकिएकाले तीनै जनाको म्याद थप गरिएको हो ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको ‘कनेक्सन’ देखिएपछि प्रहरीले सबैभन्दा पहिले ईनम सापकोटालाई पक्राउ गरेको थियो । उनीमाथि नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ ।

सापकोटासँगको संलग्नता देखिएपछि पक्राउ परेका कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल महेश श्रेष्ठ र लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील भट्टविरुद्ध भने प्रहरीले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ८ : २१ बजे

Your email address will not be published.

होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित

इनम सापकोटा सहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । सम्पत्ति शुद्धीकरण तथा राष्ट्र बैङ्क ऐनअन्तर्गतको कसुरमा पक्राउ

मन्त्रिपरिषद्को मर्यादाक्रम फेरबदल, सोविता गौतम तेस्रो वरीयतामा

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्का सदस्यहरूको

बुटवलमा टीभीएसको ‘अचम्मैको डिल’ एक्सचेन्ज अफर सुरु, १० लाखसम्म छुट

बुटवल । टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको डिल एक्सचेन्ज अफर’

बुटवलको देवीनगरमा रहेको खुल्लामन्चमा भोलिदेखी पाँचदिने बुटवल खाना महोत्सव हुँदै

बुटवल । नेपाली मौलिक कला, संस्कृति र खानाका परिकारको प्रवर्द्धन