११ मंसिर २०८३, शुक्रबार | November 27, 2026

कालिका मानवज्ञानमा लोक भजन प्रतियोगिता सम्पन्न



बुटवल । रुपन्देहीमा अवस्थित नेपालकै सबैभन्दा ठूलो विद्यालय कालिका मानवज्ञान मा. वि. मा शुक्रबारीय कार्यक्रम अन्तर्गत मङ्सिर ११ गते लोकभजन कार्यक्रम सम्पन्न भएको छ ।

कक्षा ११ र १२ का विद्यार्थीहरूका बीचमा सम्पन्न भएको उक्त कार्यक्रम अतिरिक्त क्रियाकलाप प्रमुख विवेकराज पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रम कक्षा १२ कानुन समूहका विद्यार्थी निश्चल भट्टराईले सञ्चालन गरेका थिए ।

विद्यालयका प्राचार्य विष्णुहरि ज्ञवालीको प्रमुख अतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरूका ६ समूहले भाग लिएका थिए । जुन कार्यक्रममा निर्णायकको रूपमा शिक्षक त्रय टंक खराल, राज चौधरी र निर्मला पौडेल रहेका थिए ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडे, सुदर्शन रेग्मी र दिपक बन्जाडे विशिष्ट अतिथिको रुपमा उपस्थित थिए । उक्त कार्यक्रममा प्रथम, द्वितीय र तृतीय क्रमश: ११ विज्ञान समूहका विद्यार्थीहरू , १२ विज्ञान समूहका विद्यार्थी र १२ व्यवस्थापन समूहका विद्यार्थी भएका थिए । अतिरिक्त क्रियाकलाप प्रमुख विवेकराज पोखरेलको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले नेपाली कला र संस्कृतिको संरक्षणमा आजका युवाहरू लाग्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रमका विशिष्ट अतिथि विद्यालयका सहायक प्रधानाध्यापक दिपक बन्जाडेले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरूलाई नगद पुरस्कार र प्रमाणपत्रद्वारा पुरस्कृत गरे ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ६ : २४ बजे

Your email address will not be published.

८३८ विशेषज्ञ चिकित्सक सातै प्रदेश खटिए, कुन प्रदेशमा कती ?

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र

कालिका मानवज्ञानमा लोक भजन प्रतियोगिता सम्पन्न

बुटवल । रुपन्देहीमा अवस्थित नेपालकै सबैभन्दा ठूलो विद्यालय कालिका मानवज्ञान

पूर्ण छात्रवृत्तिमा नाम निकालेका विद्यार्थीलाई कालिकाको सम्मान

बुटवल । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले एमबीबीएस तथा इन्जिनियरिङतर्फ

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने

काठमाडौं । सरकारले सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी

ईपीजी प्रतिवेदन दुवै प्रधानमन्त्रीसमक्ष पेस हुने नेपालको अपेक्षा

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले