१७ माघ २०८२, शनिबार | January 31, 2026

एसपीपी अस्वीकार गरेकोमा चीनद्वारा नेपालको प्रशंसा



काठमाडौं । उत्तरी छिमेकी चीनले अमेरिकी स्टेट पाटर्नरशीप प्रोग्राम एसपीपी अस्वीकार गरेकोमा नेपालको प्रशंसा गरेको छ ।

बिहीबार विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलन चाइना डेल्लीका पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रश्नमा प्रवक्ता वाङ वेनविनले एसपीपी अस्वीकार गर्ने नेपालको निर्णयको स्वागत गरेका हुन् ।

प्रवक्ता वेनविनले भनेका छन्, ‘नेपालको मित्रवत र नजिकको छिमेकी तथा रणनीतिक सहयोगी साझेदार भएकाले चीनले नेपाल सरकारको निर्णयको प्रशंसा गरेको छ ।’

चीनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डतालाई कायम राख्न र नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रतिको प्रतिबद्धतालाई समर्थन गर्न जारी राख्ने उनले स्पष्ट पारेका छन्। वेनविनले भने, ‘क्षेत्रीय सुरक्षा, स्थायित्व र साझा समृद्धिको रक्षाका लागि नेपालसँग मिलेर काम गर्न चीन तयार छ ।’

‘हालै नेपालमा एसपीपी को बारेमा व्यापक विवाद देखिएको छ’, वेनविनले भने, ‘नेपालका राजनीतिक दल र समूह, सरकार, सेना तथा नेपाली समाजका विभिन्न तप्काले एसपीपीलाई इन्डो–प्यासिफिक रणनीतिसँग नजिकसँग जोडिएको सैन्य सुरक्षा अवधारणा भनेका छन् ।’

एसपीपीलाई नेपाली स्वयंले राष्ट्रिय हित र लामो समयदेखि अपनाउँदै आएको असंलग्न परराष्ट्र नीतिविपरीत रहेको मानेको उनले जिकिर गरेका छन् ।

 

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ८ : ५६ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले