२० बैशाख २०८१, बिहिबार | May 2, 2024

पेट्रोल र डिजेलमा मूल्य घटेपछि अब अन्य वस्तु र सेवाको पनि घट्नुपर्छ : उद्योगमन्त्री बडू



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने बताएका छन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिदैँ मन्त्री बडूले असार १२ गतेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १९९ रुपैयाँ बाट २० रुपैयाँ घटाई १७९ रुपैयाँ र डिजेलमा प्रतिलिटर १९२ रुपैयाँबाट २९ रुपैयाँ घटाई १६३ रुपैयाँ मूल्य कायम गरिएको बताए । बडूले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्य वस्तु र सेवामा पनि मूल्य घटनु आवश्यक रहेको जिकिर गरे । उनले बजारमा विभिन्न वस्तु तथा सेवाको मूल्य घटे, नघटेको सन्दर्भमा विषयगत मन्त्रालय र नियामक निकायहरुले आ–आफनो क्षेत्रबाट र संयुक्त रुपमा अनुगमन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

बडूले भने, ‘संसदको दुवै सदनमा माननीयज्यूहरुले व्यक्त गरेका विचार, प्रधानमन्त्रीज्यूको चासो र निर्देशन तथा सत्ता गठबन्धनका नेतृत्व समेतको छलफलको सुझावको आधारमा नेपाल सरकारले पेट्रोल र डिजेलमा विगतदेखि लगाइ आइरहेको करमा पुनः भारी कटौती गर्ने निर्णय गरेको छ । सोही आधारमा नेपाल आयल निगम सञ्चालक समितिले आजै मिति २०७९ असार १२ गतेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा १९९ बाट रु. २० घटाई रु. १७९ र डिजेलमा प्रतिलिटर रु. १९२ बाट रु. २९ घटाई रु. १६३ मुल्य कायम गरेको छ । नेपाल सरकारले कर घटाउने गरी गरेको निर्णय र नेपाल आयल निगमले आजैदेखि लागू हुनेगरी मूल्य घटाउने निर्णय गरेपश्चात सर्वसाधारण उपभोक्ता, विद्यार्थी वर्ग तथा आम नागरिकलाई मुल्यवृद्धिबाट परेको समस्यामा अवश्यपनि केही राहत मिल्ने विश्वास सरकारले लिएको छ । पेट्रोलियम पद्धार्थको मुल्य घटेपश्चात अन्य वस्तु तथा सेवामा पनि मुल्य घटनु आवश्यक छ । यसको लागि विषयगत मन्त्रालय र नियामक निकायहरुले आ–आफनो क्षेत्रबाट तथा संयुक्त रुपमा सघन अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । यो अनुगमन कार्यमा दुवै सदनका माननीय सदस्यज्यूहरु, सरकारी निकाय, स्थानीय प्रशासन, प्रदेश सरकार, स्थानीय तहका सरकारहरु, निजी क्षेत्र, नागरिक समाज र मिडियाको सक्रिय र सकारात्मक सहयोगको समेत अपेक्षा सरकारले गरेको छ ।’

मन्त्री बडूले सरकार जनताको हित र चासोप्रति सधैँ संवेदनशील रहेको स्पष्ट पारे ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ४ : ३२ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा