१० पुस २०८२, बिहिबार | December 25, 2025

बुटवल मण्डपको नाम फेर्ने प्रस्ताव मान्य हुदैन – बुटवलका व्यावसायिक संस्थाहरु



बुटवल । बुटवलमा रहेका व्यावसायिक संघ संस्थाहरुको सन्जालले बुटवल मण्डपको नाम संसोधन गर्ने बुटवल उपमहानगरपालिकाको प्रस्ताव प्रति असहमती जनाएको छ ।

सन्जालको आईतबार बुटवलमा सम्पन्न बैठकले बुटवलका ब्यवसायीक संघ संस्थाहरुको भावना बिपरीत बुटवलको गहनाको रुपमा विकसित हुदै गरेको बुटवल मण्डपको नाम फेर्ने प्रस्ताव फिर्ता लिन बुटवल उपमहानगर पालिका संग आग्रह गरेको छ ।

बुटवल उपमहानगरपालिकाको आर्थिक बर्ष २०७९/८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बुटवल मण्डपको नाम परिवर्तनगरी गिरिजा प्रसाद कोइराला बुटवल मण्डप नामाकरण गर्ने प्रस्ताव गरेको थियो ।

नाम फेर्ने प्रस्ताव प्रति यस क्षेत्रमा रहेका व्यावसायिक संघ संस्थाहरुको बैठक पछि जारी बिज्ञप्तीमा नाम फेर्ने प्रस्ताव प्रति सन्जालको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तीमा बुटवललाई अन्तर्राष्ट्रिय पहिचान गराउने गहनाको रुपमा विकास हुँदै गरेको बुटवल मण्डपको नाम यस क्षेत्रका आम सर्वसाधारण र व्यवसायिक संघ संस्थाहरुको भावना विपरीत एकलौटी ढंगबाट प्रस्ताव गरिनुले चिन्तित र गम्भीर बनाएको उल्लेख छ ।

सामुहिक भावना र सहकार्यको मर्मलाई वेवास्ता गर्दै एकलौटी ढंगबाट निर्णय गरिनु अधिकारको मनोमानी हो भन्ने हाम्रो ठम्याई छ । सन्जालले देशलाई आत्मनिर्भर बनाउन, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, नवीनतम् प्रविधिको खोज र अनुसन्धान गर्दै देशको कला, संस्कृति तथा पर्यटनको बिकास गर्न यस क्षेत्रका व्यवसायिक संघ-संस्थाहरुले लामो समयदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी र व्यापार मेलाहरु मार्फत थालनी गरेको प्रयासलाई मूर्त रुप दिने उदेश्यका साथ बुटवल मण्डपको स्थापना भएको स्मरण गराउदै बुटवलमा स्थायी प्रदर्शनी स्थल निर्माणका लागि आवश्यक अध्ययन, जग्गा प्राप्ति र भौतिक संरचना निर्माणमा नेपाल सरकार, बुटवल नगरपालिका यस क्षेत्रका व्यवसायिक संघ–संस्था, सँगसँगै विभिन्न राजनैतिक दल तथा नेताहरुको योगदान महत्वपूर्ण रहेको कुरा भुल्न नहुने जनाएको छ ।

बुटवलको एतिहासिक महत्वलाई नै अवमूल्यन गर्दै स्थापित राजनैतिक नेतृत्वलाई समेत विवादमा ल्याउने गरी नामाकरण गरिनु आफैमा दुःखद छ भएको भन्दै सन्जालद्धारा जारी विज्ञप्तीमा बुटवलको ऐतिहासिक गौरव, आस्था र अन्तर्राष्ट्रिय पहिचानको आधार स्तम्भको रुपमा स्थापित बुटवल मण्डपको नाम संशोधन फिर्ता लिई आम सर्वसाधारण र व्यवसायिक संघ संस्थाहरुको भावनाको कदर गर्दै एतिहासिक र स्थापित नाम बुटवल मण्डप नै कायम गर्न आग्रह गर्दछौं भनिएको छ ।

आईतबार सम्पन्न सञ्जालको बैठकमा यस क्षेत्रमा क्रियाशिल बिभिन्न २१ वटा व्यावसायिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागिता रहेको बैठकका अध्यक्षता गरेका नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले बताए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ७ : ४३ बजे

पूर्वगृहमन्त्री रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता र पूर्वगृहमन्त्री रमेश लेखक

बालेनलाई भेटन् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगे कुपण्डोल

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

नयाँ राजनीतिक शक्तिमा नेतृत्वको होड, सहकार्यभन्दा प्रतिस्पर्धा बलियो : रेशम चौधरी

काठमाडौं । पुराना दलहरूको विकल्पका रूपमा उदाएका नयाँ राजनीतिक शक्ति

रवि-बालेन भेटवार्ता रहस्यमै, ‘मेरो अनुहारले के भन्छ ?’ भन्दै सञ्चारकर्मीको प्रश्न टारे लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा