१७ पुस २०८२, बिहिबार | January 1, 2026

स्वास्थ्य बिमा सहजरुपमा भुक्तानी गर्न निर्देशन



काठमाडौं । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बिमा गरेका नागरिकले अहिलेसम्म समयमै भुक्तानी नपाएकाले सरल र सहजरुपमा भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको छ ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहेकाले त्यसको नियन्त्रणमा लाग्न पनि समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नागरिकले स्वास्थ्य बिमा गरिसकेपछि सहज र सरलरुपमा भुक्तानी पाउनुपर्ने भन्दै त्यसो नभएको पाइएमा त्यो त्रुटी भए सच्याउन सरकार तयार रहेको जानकारी गराए । उनले स्वास्थ्य बिमालाई थप व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरे । मन्त्री खापुङले हाल नेपालमा कोरोना खोपको अभाव नरहेको जानकारी दिए । उनले भने, “खोप कार्यक्रम सञ्चानल गर्न स्थानीय सरकारले थप सक्रियता देखाउनुपर्छ ।”

मन्त्रालयका सचिव डा रोशन पोखरेलले पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण दर बढेको भए पनि अस्पताल भर्ना हुने दर भने नबढेको जानकारी गराए । यो महिनादेखि कोभिडको समयमा करारमा नियुक्त गरिएका कर्मचारीको करार नवीकरण नगरिएको उनले बताए । उनले भने, “कोरोना सङ्क्रमण दर उकालो लाग्दै गयो भने व्यवस्थापन कसरी गर्ने भनेर छलफल भइरहेको छ ।”

शहीद गंगालाल हृदय रोग केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणी अधिकारीले मुटुको शल्यक्रिया गर्न आवश्यक पर्ने अक्सिजिनेरेटर पर्याप्त नभएको तर ज्यान बचाउनुपर्ने गम्भीर मुटुका बिरामीको शल्यक्रिया नरोकिएको स्पष्ट पारे । अस्पतालले प्रौढ उमेरका बिरामी दैनिक आठ जनाको शल्यक्रिया गर्दै आएकामा हाल दैनिक आकश्मिक तीन जनासम्मको शल्यक्रिया गर्ने गरेको अस्पतालले जनाएको छ ।

बैठकमा सांसद गिरीराजमणी पोखरेल, योगेश भटटराई, सरिता न्यौपाने, अन्जना विसुङ्खे, सुरेन्द्र यादव र नविना लामाले स्वास्थ्यजन्य सामानको खरिद झन्झटिलो रहेको भन्दै सार्वजनिक खरिद ऐनलाई संशोधन गरिनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ५ : ५१ बजे

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरुले नदी

समानुपातिकको बन्दसूची सच्याउन आयोगद्वारा दलका प्रतिनिधिसँग छलफल

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्युपछि सुनसरीको लौकहीबजार तनावग्रस्त

काठमाडौं । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीबजार क्षेत्रमा तनाव उत्पन्न

दुई वर्षमा बन्नुपर्ने वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल नौ वर्ष लाग्यो, तीनवर्ष भयो अझै सञ्चालनमा आएन

चितवन । पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल

करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा