५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

अवैध युरिया मल, सुर्ती र कपडा बरामद



कर्णाली । रत्न राजमार्गको नेपालगञ्ज-सुर्खेत सडकखण्डका विभिन्न चेकपोष्टबाट सुर्खेत प्रहरीले अवैध युरिया मल, सुर्ती र कपडा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली प्रदेशको प्रमुख प्रवेशनाका भेरीगङ्गा नगरपालिका-५ सुर्खेत बबईस्थित अस्थायी प्रहरी पोष्टमा खटिएको प्रहरी टोलीले बर्दियादेखि सुर्खेततर्फ जाँदै गरेको भे१च २८८२ नम्बरको बलेरो जिप जाँच गर्दा कुनै पनि बिल नभएको २५ बोरा युरिया खाद मल फेला पारी बरामद गरेको हो ।

त्यस्तै भेरीगङ्गा-१२ सुर्खेत सल्लिचोकस्थित इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट खटिइगएको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क प्र ०२०१ ख ०५८७ नंको फोर्स गाडीमा जाँच गर्दा बिल नभएको चार बोरा बेवारिसे सुपरपावर सुर्ती नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

उनका अनुसार वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेतस्थित सुब्बाकुना प्रहरी चेकपोष्टमा खटिएको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा ३ ख ४०९३ नंको फोर्स गाडी जाँच गर्दा उक्त गाडीमा बेवारिसे अवस्थामा रहेका तीनवटा जेब्रा झोलामा जम्मा ६३ पिस लेडिज कुर्ता सुरुवालको काँचो कपडा फेला पारी बरामद गरिएको छ ।

बरामद वस्तुको थप अनुसन्धान थालिएको छ । अवैध सबै वस्तु शुक्रबार राति १०ः०० बजेपछि बरामद गरिएको र नियन्त्रणमा लिएका सबै गाडी गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ६ : ३७ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया