४ पुस २०८२, शुक्रबार | December 19, 2025

झापाको सुनकोशी चिया बगानमा काम गर्ने तीन किशोरी एउटै रूखमा झुण्डिएको अवस्थामा मृत फेला, शव परीक्षणका लागि धरान पठाइयो



झापा । झापामा एउटा रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

कचनकवल गाउँपालिकास्थित बल्लेगाउँमा रहेको सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा प्रवक्ता वसन्त पाठकले मृत भेटिएकाहरुको शव पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।

प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा आत्महत्या गरेको हुनसक्ने बताएको छ । तर यसको यकिन पुष्टि भने भइसकेको छैन ।

उनीहरु तीनै जना शनिबार दिउँसोदेखि घरबाट वेपत्ता भएको परिवारले बताएका छन् । मृत भेटिएका तीनै जना चिया बगानमा काम गर्दै आएकाहरु रहेको पाइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १ : ४७ बजे

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो