२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

टहरा भत्काएपछि छाप्रा बनाएर बसेकाहरूले घेरे पोखरा महानगर



पोखरा । पोखराका भूमिहीन सुकुम्बासी भनिएका केही व्यक्तिहरुले महानगरको कार्यालय घेरेका छन् । आफूहरूको बसिरहेको छाप्रो भत्काएको विरोधमा उनीहरूले महानगरमा घेराउ गरेका हुन् ।

केही समयअघि पोखरा महानगरले ३३ नम्बर वडामा डोजर लगाएर छाप्रा भत्काएको थियो । ति छाप्राहरु अवैध रुपमा जग्गा पाउने आसले रातारात बनेको भन्दै भत्काइएको महानगरले जनाएको छ ।

अखिल नेपाल भूमिहीन सुकुम्बासी संघले महानगरको कामप्रति विरोध जनाउँदै प्रदर्शन गरेको हो । संघका कास्की सचिव काजी गुरुङले मेयरको कार्यशैली विभेदपूर्ण भएको आरोप लगाए । ‘सुकुम्बासीको बस्तीमा दानवीय काम भयो । छाप्रा भत्काउनु अन्याय हो,’ उनले भने, ‘हामीलाई गरिखान दिएन । जग्गा जमिन महानगरले खोस्यो ।’

उनले जनताको समस्यामा गम्भीर हुन मेयर धनराज आचार्यको ध्यानाकर्षण गराए । पोखरा महानगरपालिकाले गत हप्ता पोखरा ३३ दुई पिप्लेस्थित सुकुम्बासी बस्तीमा निर्मित अस्थायी टहराहरू बल प्रयोग गरी हटाएको थियो । अहिले कास्कीमा पनि बास्तविक सुकुम्बासीलाई जग्गा वितरणको लागि तयारी अन्तिम चरणमा पुगेको छ । यही मौका छोपेर ठाउँठाउँमा नयाँ बस्तीहरु बस्न थालेका छन् ।

 

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ४ : ३५ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२