८ चैत्र २०८२, आइतबार | March 22, 2026

एसपीपीबारे सरकारको प्रष्टीकरण – एसपीपी कार्यान्वयन नगर्ने पत्र अमेरिकालाई पठाइसक्यौं



काठमाडौं । नेपालले अमेरिकी स्टेट पार्टनरशीप कार्यक्रम एसपीपी अघि नबढाउने निर्णयबारे अमेरिकालाई पत्राचार गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपी कार्यान्वयन नगर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार अमेरिकालाई पत्राचार गरेको जानकारी गराएका हुन् ।

सांसदहरुले एसपीपी कार्यान्वयनको पत्र नपठाइएको बारे संशय व्यक्त गर्दै सरकारको जवाफ माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले एसपीपी स्थगितबारे अहिलेसम्म भएको कार्यान्वयन प्रक्रियाबारे संसदलाई जानकारी गराउन रुलिङ गरेका थिए ।

मन्त्री खड्काले भने, ‘परराष्ट्र मन्त्रालयलले यसलाई कार्यानवयन गरिसकेको जानकारी गराउँछ । साउन ९ गते अर्थात २५ जुलाई २०२२ कुटनीतिक माध्यमबाट एसपीपी अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको जानकारी गराउन चाहन्छ ।’ उनले अमेरिकी सरकार समक्ष कुटनीति माध्यमबाट जानकारी गराइसकेको बताए ।

खड्काले आन्तरिक परामर्श आवश्यक भएकाले यो पत्राचार हुन केही समय लागेको परराष्ट्रमन्त्री खड्काले जानकारी गराए । उनले स्वतन्त्र परराष्ट्र नीतिमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट भएको बताउँदै सरकारको निर्णयमा संशय व्यक्त नगर्न आग्रह गरे ।

राष्ट्रसंघको बडापत्र असंलग्नता स्वतन्त्र परराष्ट्र नीति कार्यन्वयन गर्न सक्षम रहेको उनले बताए ।

सरकारको निर्णयअनुसार परराष्ट्र मन्त्रालयले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार नगरेको भन्दै आलोचना भइरहेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले राष्ट्रहितविरीत कुनै पनि सन्धि सम्झौता नहुने खड्काको प्रतिबद्धता छ ।

 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १ : ०० बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

हिमपातले किसानलाई राहत

मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी । महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ

होर्मुज जलमार्ग विवाद चर्किँदै : ट्रम्पको इरानलाई ४८ घण्टे चेतावनी, क्षेत्रीय तनाव बढ्दो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज

नेपालगन्ज भन्सार : लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ