३० भदौ २०८३, मंगलबार | September 15, 2026

जसपाका केही मानिस रुपान्तरित हुन नसकेका कारण विकल्प रोज्यौं : डा भट्टराई



काठमाडौ । हालै मात्र नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा)मै रहेर त्यसलाई रुपान्तरण गर्ने सम्भावना नरहेपछि नयाँ पर्टी गठन गरेको बताएका छन् ।

जसपालाई रुपान्तरण सुधारका लागि अनेक प्रयन्त, छलफल, बहस गरे पनि त्यहाँ रहेका परम्परावादी सोच भएका मानिसहरू रुपान्तरित हुन नसकेको उनको आरोप छ ।
ललितपुरको बालकुमारीमा नेपाल समाजवादी पार्टीले आज आयोजित कार्यक्रममा उनले जनता समाजवादी पार्टीको गत असार अन्तिम बसेको केन्द्रीय कार्यकरिणी समितिको विस्तारित बैठकले पार्टीले लक्षित उदेश्य र वैकल्पिक राजनीतिक दलको कार्यभार पूरा गर्न नसक्ने ठहर गर्दै नयाँ पार्टी नेपाल समाजवादी पार्टी गठन गरेको उनले प्रष्टाए ।

यसले वैधानिक पूर्णता पाउन अझै बाँकी रहेको र यही कारणले पार्टीको वैधानिकता पूरा गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको उनले बताए ।

पार्टीले वैधानिकता प्राप्त गरेपछि राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध र सम्पर्क विस्तार गर्ने उनको भनाइ छ । पार्टीको पहिलो बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष दीपक लामिछानेले बाबुराम भट्टराई, महेन्द्र राय यादवसहितको केन्द्रीय समिति घोषणा गरेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ३ : ०६ बजे

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा

प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

म्याग्दी । म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक महत्वका सडक

प्रतिनिधिसभाको बैठक आज बस्दै, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे