११ पुस २०८२, शुक्रबार | December 26, 2025

कांग्रेस बैठक : उम्मेदवार मनोनयनको पत्र पठाउने जिम्मा देउवालाई, दल दर्ता कृष्णप्रसाद पौडेलले गर्ने



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयन पत्र पठाउने जिम्मा सभापति देउवालाई दिएको हो । मनोनयन पत्र पठाउनुअघि पार्टीका सम्बन्धित निकायबाट नाम प्रस्ताव हुनेछ । सोही प्रस्तावको आधारमा सभापति देउवाले मनोनयनको औपचारिक पत्र पठाउनेछन् ।

यसैगरी बैठकले निर्वाचनका लागि दल दर्ताको जिम्मा कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिएको छ । बैठकपछि सहमहामन्त्री भिष्मराज आङ्दम्बेले भने, ‘२०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सोसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गरिनेछ ।’

कांग्रेसले आगामी भदौ १० गतेदेखि २४ गतेसम्म निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान पनि गर्नेभएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १२ : ०७ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’